८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

ओली सरकारकै पालामा नेपालको आफ्नै स्याटलाइट पहिलो पटक अन्तरिक्षमा पठाइयो

५ वैशाख, काठमाडाैँ । नेपालको आफ्नै भू-उपग्रह (स्याटलाइट) पहिलो पटक अन्तरिक्षमा पठाइएको छ । अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट अाज बिहान २:३१ बजे ‘नेपालीस्याट-१’ नाम दिइएको नेपालको भूउपग्रह अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो । स्याटेलाइटको तौल झण्डै एक किलो छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहने छ र त्यसपछि अन्तरिक्षमा घुम्न सुरु गर्ने छ । यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिर र सूचनाहरू प्राप्त गर्न सक्ने छ ।  संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युजापानमा शु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट प्रक्षेपण गरिएको हो ।

यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको छ । स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाइएको हो ।

यो पनि पढ्नुहोस्

–नेपाली स्याटलाइट अन्तरिक्षमा पठाइएपछि प्रधानमन्त्री ओलीले भने ‘नेपाल अन्तरिक्ष युगमा प्रवेश’

प्रकाशित मिति : 09:19