१० असार २०८३, बुधबार | Wed Jun 24 2026

वरिष्ठ पत्रकार श्रेष्ठको निधनले प्रधानमन्त्री ओली दुःखी

४ वैशाख, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले श्रेष्ठको निधनको खबर पाउँदा आफूलाई दुःख लागेको उल्लेख गर्दै दुःखको यस घडीमा दिवङ्गत श्रेष्ठप्रति श्रद्धा–सुमन अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

श्रेष्ठको ६० वर्षको उमेरमा आज बिहान निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । सन् १९५९ अगस्तमा जन्मनुभएका श्रेष्ठ सो पब्लिकेशन्स र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक समितिका सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत योगदान दिनुभएको थियो ।

प्रकाशित मिति : April 17, 2019 at 9:14 pm