बिहीबार बिहान नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिदैँ
३ वैशाख, काठमाडौं । भोलि बिहीबार बिहान नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिदैँ छ । अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै स्याटेलाइट बिहीबार बिहान अन्तरिक्षमा प्रक्षेपण गर्न लागिएको हो । संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युजापानमा शु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट बिहीबार बिहानको राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ ।

अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण गर्न सबै तयारी सकिएको छ । यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको छ । स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाउन लागिएको हो ।
प्रकाशित मिति : 09:02









