१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

बिभुषणकै बेइजतः एक वर्षलाई ६ सय ६४ दिन बनाएर भत्ता खाने डाक्टरलाई प्रवल जनसेवा श्री पदक

४ वैशाख, काठमाडाैँ । विगतको तुलनामा यस वर्षको विभुषण अलि बढी नै विवादित बन्दै गएको छ । राम्र र अशल मान्छेहरूले पाउनुपर्ने विभुषण केही गलत मानिसहरूको हातमा पर्दा बिभुषणकै बेइजत भएको छ । विभिन्न प्रभावमा विभुषणमा सिफारिस गरिदाँ गतल व्यक्तिहरूको हातमा पदक पुगेको हो ।

यहाँँ चर्चा गर्न खोजिएको एक डाक्टरको हो । जसले एक वर्षलाई ६ सय ६४ दिन बनाएर भत्ता खाएका थिए । उनै नयाँ वर्षको दिन राम्रा मान्छेको पंत्तिमा बसेर पदक थापिरहेका थिए  । राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित हुने ती डाक्टर हुन फणीन्द्रप्रसाद बराल । जो धनकुटा जिल्ला अस्पतालमा रहँदा ६ सय ६४ दिनको एक वर्ष बनाएर भ्रमण भत्ता लिएका छन् । महालेखा परीक्षकको प्रतिवेदनमा ती डाक्टरले जिल्ला स्वास्थ्य कार्यालय धनकुटा र अस्पतालमा कार्यरत रहँदा भ्रमण भत्ताको फर्जि कागज मिलाउने क्रममा  ६ सय ६४ दिन बनाएका हुन् ।

डा बराल ८४ दिन कार्यालयमा हाजिर भएका थिए। तर, उनले जिल्लामा कार्यरत रहेको अवधिमा ३ सय ६४ दिन काठमाडौं, विराटनगर र धनकुटाका विभिन्न स्थानमा भ्रमण गरेको भन्दै भत्ता लिएका छन्। हाजिर भएको, सार्वजनिक बिदा, दसैं तिहारको बिदा जस्ता कुराले पनि २ सय दिनको भ्रमण पाउन असम्भव हुन्छ। तर, उनले यो अवधिमा ३ सय ६४ दिनको भ्रमण भन्दै ६ लाख ९३ हजार ३ सय ३० रुपैयाँ भत्ता लिएका छन् । मिडिया डबलीको सहयोगमा ।

प्रकाशित मिति : 09:48