नख्खु बमकाण्डका मुख्य योजनाकार वीर बहादुर कठायत सुन्धाराबाट पक्राउ
३ बैशाख, काठमाडौँ । प्रहरीले ललितपुरको नख्खुमा भएको बम विस्फोटको घटनाका मुख्य योजनाकार वीर बहादुर कठायतलाई सुन्धाराबाट पक्राउ गरेकाे छ । जुम्लाका वीर बहादुर कठायतलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

२०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट हुँदा १ जनाको ज्यान गएको थियो भने अन्य २ जना गम्भीर घाइते भएका थिए । नख्खु बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । २ जना अझैं फरार रहेका छन् ।
यस्तै फागुन १४ गते बसुन्धारास्थित नेपाल वैदेशिक रोजगार महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम राख्ने पनि कठायत रहेको प्रहरी अनुसनधानमा खुलेको प्रहरीले जानकारी दएकाे छ ।
बसुन्धारामा भएकाे सो विस्फोटमा परी ३ जना घाइते भएका थिए ।
प्रकाशित मिति : 17:46









