८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

प्रदेश ५ काे प्रदेश सभाबाट ३० विधेयक पारित

३ बैशाख, बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभाले हालसम्म ३० विधेयक पारित गरेको छ । पारित भएका विधेयकमध्ये ४ विधेयक प्रथम अधिवेशनले, ११ विधेयक दोस्रो अधिवेशनले र १५ विधेयक तेस्रो अधिवेशनले पारित गरेको प्रदेश नम्बर ५ को प्रदेशसभा सचिवालले जनाएको छ ।

तेस्रो अधिवेसनले पारित गरेका १५ विधेयकमध्ये ७ विधेयक मात्रै प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणित गरेका छन् भने अन्य विधेयक प्रमाणित हुने क्रममा छन् ।

‘विधेयक प्रमाणित भएपछि त्यसले कानूनी रुप लिन्छ र त्यसलाई सम्बन्धित मन्त्रालयमा पठाइन्छ,’ प्रदेशसभाका सूचना अधिकारी मनोज पाण्डेले भने ।

प्रकाशित मिति : 15:01