८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

बालुवाटारको सरकारी जग्गा बेचेर ठग्नेहरूलाई पानीमुनी गएपनि छाडिन्नः सञ्चारमन्त्री बास्कोटा

३ वैशाख, बुटवल । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारी जग्गा व्यक्तिको नाममा बेच्चे ठगहरूलाइ पानीमुनी गए पनि नछाड्ने बताएका छन । प्रेस संगठन रुपन्देहीले मंगलबार मणिग्राममा गरेको पत्रकार भेटघाटमा मन्त्री बास्कोटाले बालुवाटारको जग्गा प्रकरणमा ठगीमा संलग्नलाइ कडा कारबाही गरिने बताए ।

मन्त्री बास्कोटाले नेकपा महासचिव विष्णु पौडेल नक्कली जग्गा किनेर ठगिएको दोहोर्‍याए । उनले भने ‘उहाँले थर्ड ह्याण्डबाट किन्नु भएको रहेछ, नक्कली जग्गा किन्दा ठगिनु भएछ’, उनले भने, ‘अब जोसँग किन्नु भएको हो उसले क्षतिपुर्ति दिनुपर्छ ।’ उनले  जग्गा प्रकरणमा पद, ओहोदा, विचारले छानविन र कारवाहीलाई प्रभावित नगर्ने बताए ।

मन्त्री बास्कोटाले सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न नभई सुरक्षित,व्यवसायिक,देशभक्त बनाउन चाहेको पनि उनले उक्त अवसरमा स्पष्ट पारे । अन्तर्राष्ट्रिय मामिलामा समेत नेपालको प्रेस विभाजित हुनु दुर्भाग्य भएको भन्दै उनले विश्वमा कतै पनि यस्तो नहुने दाबी गरे । लगानी सम्मेलनका विषयमा पनि नेपालको प्रेस विभाजित भएको उल्लेख गर्दै उनले अन्तरिक मामिलामा जति विभाजित भए पनि अन्तर्राष्ट्रिय मामिलामा एकजुट बन्न आग्रह गरे ।

Gokul-surya

प्रकाशित मिति : 14:15