८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

तीन सचिवको सरूवाः यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी

३ वैशाख, काठमाडाैँ । सरकारले तीन जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सचिवको सरूवा गरेको हो । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा खटाइएकाे छ।

मन्त्रालयका तत्कालीन सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएसँगै सचिव पद रिक्त रहेको थियो। रिक्त रहेको उक्त पदमा कोइरालालाई सरूवा गरिएको हो । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेकाे छ। घिमिरेको सरूवासँगै स्वास्थ्यमन्त्रालयमा अब एकमात्र सचिव भएका छन ।

पुष्पा चाैधरी भ्रष्टाचारका काण्डमा मुछिएपछि सरकाले त्यहाँ अर्को सचिव पठाएको थियो तर उनले सर्वोच्चको अादेश ल्याएर बसेपछि समस्या उत्पन्न भएको थियो । त्यस्तै सचिवमा बढुवा भई पदस्थापन हुन बाँकी रहेका डा हरिप्रसाद पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएकाे छ।

प्रकाशित मिति : 11:00