पाेखराकी २२ वर्षीया युवतीलाई सामुहिक बलात्कार गर्ने तनहुँका ४ जना पक्राउ
३ बैशाख, कास्की। पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई सामुहिक बलात्कार गर्ने तनहुँका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र साेमबार नै ४ जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।
प्रकाशित मिति : 10:30









