१० असार २०८३, बुधबार | Wed Jun 24 2026

पर्वतको मोदीमा चट्याङबाट एकजनाको मृत्यु

२ वैशाख, पर्वत । पर्वतको मोदीमा चट्याङबाट एक महिलाको ज्यान गएको छ । सोमबार साँझ चट्याङबाट मोदी गाउँपालिका–४ हलहलेमा एक महिलाको ज्यान गएको छ । चट्याङ लागेर २२ वर्षीय तारादेवी पुनको ज्यान गएको हो ।

घरमा सुतिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा नै उहाँको ज्यान गएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : April 16, 2019 at 8:52 am