१० असार २०८३, बुधबार | Wed Jun 24 2026

बालुवाटारको जग्गा घोटाला प्रकरणः २२ कर्मचारी फन्दामा ! 

३ बैशाख, काठमाडौँ । ललिता निवास भनिने बालुवाटारको जग्गालाई लिएर सञ्चारमाध्यममा व्यापक चर्चा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त काण्डमा संलग्न मालपोत कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

प्रधानमन्त्रीले नयाँ वर्षको पहिलो दिन सरकारी निवासबाट देशबासीको नाममा सम्बोधन गर्ने क्रममा उक्त कर्मचारीलाई कारबाही गरिने बताएपछि छानबिन प्रक्रिया अगाडि बढेको छ ।

आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–डिल्लीबजार मालपोतका तत्कालीन मालपोत अधिकृत कलाधर देउवालगायत फाइल पेश गर्ने, राय लेख्ने तथा पछि फाइल गायव पार्ने २२ जना कर्मचारीमाथि कारबाहीको सिफारिस गरिएको छ ।

प्रकाशित मिति : April 16, 2019 at 7:27 am