१० असार २०८३, बुधबार | Wed Jun 24 2026

आगामी निर्वाचनमा काङ्ग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने देउवाको दाबी

२ वैशाख, भीमदत्तनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उहाँले अबको समयमा पार्टी एक ढिक्का भएर अगाडी बढ्ने बताउनुभयो । सभापति देउवाले पार्टी एकताको शुरुआत अब कार्यकर्ता तहमा कञ्चनपुरबाट हुनुपर्ने बताउनुभयो ।

“पार्टीमा एकता भए कसैले पनि काङ्ग्रेसलाई हराउन सक्दैन”, उहाँले भन्नुभयो । आगामी निर्वाचनमा काङ्ग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने उहाँले दाबी गर्नुभयो ।

प्रकाशित मिति : April 15, 2019 at 10:02 pm