विप्लवकाे गतिबिधि समाप्त पार्न लागिपरेकाे सरकारले साहित्यकार पनि छाडेन, रसुवाली कवि पक्राउ
२ वैशाख, काठमाडौं । विप्लव नेतृत्वको नेकपाकाे गतिविधि समाप्त पार्न लागि परेकाे सरकारले साहित्यकारलाई पनि पक्राउ गरेकाे छ । रसुवा स्थायी घर भएका ठाकुराप्रसाद तिमल्सिना `रसुवाली कवि´लाई प्रहरीले साेमबार पक्राउ गरेकाे हाे । प्रहरीले तिमल्सिनालाई बालाजुबाट पक्राउ गरेको हाे ।

शसस्त्र प्रहरीको विशेष टोलीेले गोप्य सूचनाको आधारमा विप्लव नेता तथा रसुवाका जिल्ला कमिटी सदस्य तिमिल्सिनालाई पक्राउ गरेको हाे। कालिका गाउँपालिका ३ का तिमिल्सिना काम विशेषले काठमाडौँ आएको बेला तारकेश्वर नगरपालिका १० हिलेेडाेलबाट पक्राउ परेका हुन्। पक्राउ परेका तिमिल्सिनालाई शसस्त्र प्रहरीको टोलीले प्रहरीलाई महानगरीय प्रहरी वृतलाई बुझाएकाे छ ।
प्रकाशित मिति : 17:16







