१० असार २०८३, बुधबार | Wed Jun 24 2026

देउवालाई ओलीले भने ‘सरकार ढाल्ने कुरा गर्दा बृद्धबृद्धा र बालबालिकाले लाठी र ढुंगाले हान्लान’

१ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले निर्वाचित गरेको स्थिर सरकारका विरूद्ध आन्दोलनका कुरा नगर्न नेपाली कांग्रेस लगायतका दलहरूलाई सुझाव दिएका छन । अाइतबार प्रधानमन्त्री अोलीले जेष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा बोल्दै कांग्रेसलाई गलत बाटो नसमात्न अनुरोध गरे । प्रधानमन्त्री ओलीले भने,  ‘यो सरकार यतिमा ढाल्छौँ र उतिमा ढाल्छौ भनेर कतिले भनिरहेका छन्। बुढाबुढीको नजिक गएर नभन्नुहोला लौरा खानुहोला, परपरै गएर भन्नू। केटाकेटीले सुन्नेगरी नभन्नुहोला, कस्तो फटाहा मान्छे रहेछ भनेर ढुंगा टिपेर हिर्काइदेलान्।’

प्रधानमन्त्रीले सरकार ढाल्न षड्यन्त्र नगर्न चेतावनी दिँदै विगतमा गरिएका षड्यन्त्र पनि असफल पारेको बताए । प्रधानमन्त्री अोलीले भने ‘केही केही मान्छेहरू, १३ विभिन्न आकार प्रकारका मान्छेहरू भेला भएर आन्दोलन गर्छौ भने। म अरू केही भन्दिन, नगर्नुस। यत्ति भन्छु, नगर्नुस्। मैले त्यत्ति भन्ने हो।’

प्रकाशित मिति : April 14, 2019 at 3:47 pm