८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

लोडसेडिङ गराउने षडयन्त्र चिर्न अपिल गर्दै कुलमानको पक्षमा उभिए पूर्व प्रधानमन्त्री खनाल

३० चैत, काठमाडाैँ । पुर्व प्रधानमन्त्री एवम् नेकपाका नेता झलनाथ खनालले पछिल्लो समय पुर्वाधार निर्माण, साधन स्रोत तथा जलस्रोतको विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्ने काम भएको भन्दै उहाँले सरकारलाई असफल पार्न गरिएका षड्यन्त्रविरुद्ध दृढताका साथ उभिनुपर्ने बताउनुभएको छ ।

नयाँ बर्षको सन्र्दभमा काठमाडौं महानगरपालिका–१५ ले भुईखेलमा गरेको कार्यक्रममा खनालले पछिल्लो समय लोडसेडिङ गराउने तत्व सक्रिय भएको भन्ने खबर आएको भन्दै त्यस किसिमको षड्यन्त्रविरुद्ध दृढताका साथ उभिन सरकार र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गर्नुभयो ।

त्यस्तै ठूलो संख्यामा युवाहरु विदेशिनु पर्ने वाध्यात्मक स्थिति नेपाली कांग्रेसले ल्याएको बताउनुभएको छ । सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति विदेशिन बाध्य भएको बताउनुभएको हो । कार्यक्रममा उहाँले २०४६ साल यता पटक–पटक सरकारको नेतृत्व गरेको कांग्रेसले अवसर पाउँदा मुलुक र मुलुकवासीका लागि उपलब्धिमुलक काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसका साथीहरुले हामी गर्छौं भनेर अहिले गफ लगाउनुभएको छ । तर ४६ साल पछाडि अवसर प्राप्त भएको हैन रु पटक–पटक बहुमत प्राप्त भएको होइन, तर के गर्नुभो रु सारा देशलाई गरिवीमा डुबाउनुभयो । सारा देशमा वेरोजगारीमा डुबाउनु भयो । आज झण्डै ५० लाख भन्दा बढी युवाहरु विदेशमा जान बाध्य भईरहेका छन् । यो बाध्यता खडा गर्यो कसले रु नेपाली कांग्रेसका साथीहरुलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्नु भन्न चाहन्छु ।’

प्रकाशित मिति : 21:34