८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

नेकपाका महासचिव विष्णु पौडेल चीन प्रस्थान

३० चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् । पौडेल सियान विश्वविद्यालयद्वारा स्थापना गरिएको सियान–साउथ एसियन स्ट्डी सेन्टरको उद्घाटन गर्न आज चीनतर्फ प्रस्थान गरेकाे नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।


चीनमा रहदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । महासचिव पौडेल आगामी वैशाख ७ गते स्वदेश फर्कने बताइएकाे छ ।

प्रकाशित मिति : 18:34