नयाँ वर्षको बिहानै प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बाेधन गर्दै, के देलान सरप्राइज ?
३० चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर भोलि बिहानै देशवासीका नाममा सम्वोधन गर्ने भएका छन । नयाँ वर्ष २०७६ सालको पहिलो बिहानीमै प्रधानमन्त्री ओलीले देशबासीका नाममा केही सरप्राइजसहितको सम्बोधन गर्ने तयारी गरेको बुझिएको छ । नयाँ वर्षको अवसर पारेर ओलीले विहान प्रधानमन्त्री निवास बालुवाटारबाट सम्वोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताएका छन ।
उनले बिहान ७ बजे सम्बोधन गर्नेछन । प्रधानमन्त्रीको रूपमा ओलीको यो दोस्रो नयाँ वर्ष हो । पहिलो वर्ष सुशासन र समृद्धिको आधार निर्माणका निम्ति धेरै काम गरेको सरकारले वर्ष २०७६ मा समृद्भिको स्पष्ट खाका दिने अपेक्षा गरिएको छ । विगत लामो समयदेखि जुकाले रगत चुसेझैँ भ्रष्टाचारीले देश चुसेर कमजोर बनाएको अवस्थामा ओली सरकारले गएको एक वर्षमा केही सुखद लक्षण देखाएको छ । यही बीचमा नयाँ वर्षको सम्बोधनमा पनि प्रधानमन्त्रीले केही नयाँ कार्यक्रम घोषणा गर्ने अनुमान गरिएको छ ।

राजनीतिप्रति वितृष्णा बढीरहेको सम्बन्धमा ओलीले आम जनतालाइ मिठो सपना देख्ने बानी नै पारीसकेका छन । समकालीन नेताहरू मध्ये राजनेताको छवी बनाएका ओलीले राजनीतिक नेतृत्वले अाम जनतामा निराशाको अन्त्य गराउँदै अाशाको प्रभावकारी सञ्चार गराउनुपर्छ भनेर प्रधानमन्त्री ओलीलेले स्थापित नै गरिसकेका छन । भोलिको सम्बोधनमा पनि उनले केही नयाँ सपना बाँड्ने अपेक्षा गरिएको छ । नयाँ बजेटको तीब्र तयारी समेत भैरहेको सन्दर्भमा ओलीले सम्बोधनले अर्थ राख्नेछ । देशबासीका नाममा सम्बोधन गर्दा ओलीले बजेटमा समेटिने केही कार्यक्रमको समेत जानकारी दिनसक्नेछन । वर्ष २०७६ मा सरकारका मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेरको तयारी छ ।
प्रकाशित मिति : 20:59









