८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

सरकारलाई झस्काउने पूर्वराजाको विज्ञप्ति, नयाँ वर्षको शुभकमनामा शक्ति पृथकीकरणको कुरा

–पवित्रा मुडभरी 

३० चैत, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले देश र जनताको चिन्ता गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन । धमिलो पानीमा माछा मार्न खोजेको अारोप बारम्बार खेपीरहेका पूर्वराजामाथि थप शंका गर्न सकिने गरी नयाँ वर्ष २०७६ को शुभकामना दिएका छन । उनले देश र जनताको चिन्ता भन्दा बढी शक्ति पृथकीकरणकाे सन्दर्भमा सरकारको ध्यानाकर्षण समेत गराएका छन । उनले विगतको वर्षको समिक्षा गर्दै नयाँ वर्षको स्वागत गर्नैपर्ने भन्दै भनेका छन ‘स्वभावत: यतिखेर हामीले वितेको निकट अतितका वर्षहरुको सूष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ ।

हामीले अब केवल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटिलाई मात्र अंगालेर पूग्दैन ।’ उनले नेपाली जनताको अनगिन्ती समस्या र दुर्दान्त पीडा आफूले महशुस गरेको बताएका छन् । उनले विज्ञप्ति मार्फत भनेका छन ‘ जनताको घर दैलोमा हामी पूग्दा जनताका अनगिन्ती समस्या र दूर्दान्त पिडा रहेको पाएका छौँ । लाखौ नेपाली काम, माम र दामका निम्ति विदेशाी भुमिमा भौतारिनू पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सूख र शान्ति प्राप्त हून नसक्ने-यस्तो नाजूक अवस्था अझै कति रही रहने ? स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ ।’

पूर्वराजा शाहले मूलूकप्रतिको आस्था र निष्ठा अडिग रहेकाे भन्दै विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समिक्षा गरि मूलूकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठवान् हूनू र एक्यबद्भ भएर अघिबढ्नूको विकल्प नरहेको बताएका छन । उनले भनेका छन ‘देश सूहाउँदो प्रजातान्त्रिक मुल्य मान्यतामा आधारित राजनिती, शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हूनू पर्दछ भन्ने सधै हाम्रो विश्वास रही आएको छ । विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समिक्षा गरि मूलूकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठवान् हूनू र एक्यबद्भ भएर अघिबढ्नूको विकल्प छैन ।’ नयाँ वर्षको शुभकामना भन्दा बढी अन्यखालका चिन्ता व्यक्त भएका पूर्वराजाको यस विज्ञप्तिलाइ गणतन्त्रवादी कम्युनिष्टहरूले सहज रूपमा स्वीकार गर्ने देखिएको छैन् ।

पूर्वराजा शाहको विज्ञप्ति यस्तो छ 

नेपाली दिदी वहिनी तथा दाजू भाइहरु,

गतिशिल समयक्रमको प्रवाह संगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपूगेका छाै। नयाँ वर्षको आरम्भ प्रहरमा हामी नेपाल भित्र र विश्वका विभिन्न भु-भागमा रहे बसेका समस्त नेपालीहरुमा सूख, शान्ति तथा समून्नतिको लागि हार्दिक शूभकामना व्यक्त गर्दछाै ।

स्वभावत: यतिखेर हामीले वितेको निकट अतितका वर्षहरुको सूष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ । हामीले अब केवल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटिलाई मात्र अंगालेर पूग्दैन । जनताको घर दैलोमा हामी पूग्दा जनताका अनगिन्ती समस्या र दूर्दान्त पिडा रहेको पाएका छौँ । लाखौ नेपाली काम, माम र दामका निम्ति विदेशाी भुमिमा भौतारिनू पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सूख र शान्ति प्राप्त हून नसक्ने-यस्तो नाजूक अवस्था अझै कति रही रहने ? स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ ।

मूलूक प्रतिको हाम्रो आस्था र निष्ठा अडिग छ । देश सूहाउँदो प्रजातान्त्रिक मुल्य मान्यतामा आधारित राजनिती, शक्ति पृथकीकरणको सिद्धान्त अनूरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हूनू पर्दछ भन्ने सधै हाम्रो विश्वास रही आएको छ । विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समिक्षा गरि मूलूकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठवान् हूनू र एक्यबद्भ भएर अघिबढ्नूको विकल्प छैन । राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा हामी छाै । नयाँ वर्ष साच्चिकै नयाँ रहोस् -नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् । श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।

प्रकाशित मिति : 17:18