स्यावास सरकारः नेकपा निकटकै कर्मचारी नेताको नाम घुस खाएपछि प्रबल जनसेवाश्रीबाट काटियो
३० चैत, काठमाडाैँ । सरकारले उत्कृष्ट कर्मचारीको रूपमा विभुषण पाउन सिफारिस भएपछि घुस खाने एक जना कर्मचारीको नाम सूचीबाट हटाएको छ । समाचारमा अाएको विषयवस्तुमा ध्यानाकर्षण गर्दै सरकारले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत रहँदा घुससहित रंगेहात पक्राउ परेका नेकपा निकटका कर्मचारी नेता कैलाश मातक्षे श्रेष्ठको नाम प्रबल जनसेवाश्री बिभुषको सूचीबाट हटाइएको हो ।
रगेंहात पक्राउ परेको बेला उनी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शाखा अधिकृत पदमा कार्यरत थिए । उनी नेपाल निजामती कर्मचारी संगठनको गृहमन्त्रालय विभागको विभागीय अध्यक्ष समेत हुन् । संगठन तत्कालीन नेकपा एमाले निकटको निजामति कर्मचारीहरूको संस्था हो ।

श्रेष्ठलाई गत फागुन २ मा लेनदेन सम्बन्धी उजुरीमा मुद्धा मिलाइदिने भन्दै सेवा ग्राहीसँग २५ हजार घुस लिइरहेको बेला उनलाई अख्यितारको एउटा टोलीले रगेंहात पक्राउ गरेको थियो। उनीमाथि अख्यितार दुरुपयोग अनसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्धा दायार गरेको छ। सरकारले श्रेष्ठको नाम सूचीबाट हटाएर राम्रो काम गरेको छ । गलत काम गर्नेहरू जो सुकै भए पनि कारबाहीको भागिदार बन्छन भन्ने सन्देश यस प्रकरणले दिएको छ । सरकारले जनस्तरबाट उठेका सकारात्मक अावाजहरूलाइ प्राथमिकताको साथ सम्बोधन गर्दै अाएको छ ।
प्रकाशित मिति : 09:45









