ओलीले पूर्व उपप्रधानमन्त्रीको हैसियत दिलाइदिएका सीपीले नै भने ‘सरकार उभयलिङ्गी जस्तो भयो’
२९ चैत, काठमाडौँ । झण्डैझण्डै श्रीमान र श्रीमति मात्रै बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सीपी मैनालीले वर्तमान सरकार उभयलिङ्गी जस्तो भएको भन्दै रोष प्रकट गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारका विरूद्धमा कांग्रेसले गर्ने भनिएको आन्दोलनमा साथ दिन शुक्रबार राष्ट्रियसभागृहमा पुगेका मैनालीले यस्तो रोष प्रकट गरेका हुन ।

उनले भने ‘यो सरकार उभयलिङ्गी जस्तो छ । यो सरकारको नाममा नभुलौँ । यो छिर्केमिर्के राष्ट्रिवादी पार्टी हो । यो न कम्युनिष्ट हो न लोकतान्त्रिक हो ।’ उनले सरकारका जनविरोधी कदमविरुद्ध लड्न सत्ताबाहिरका सबै राजनीतिक दलले साझा धारण बनाउँनु पर्ने बताए । उनले सरकार सञ्चालन गरिरहेको पार्टीका नेताहरुमा विचार र सिद्धान्त नरहेको आरोप समेत लगाए । केपी शर्मा ओलीले नै पुर्व उपप्रधानमन्त्रीको हैसियत दिलाइदिएका मैनालीले पछिल्लो समय ओलीको कटु आलोचना गर्दै आएका छन ।
प्रकाशित मिति : 21:29









