१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

नुवाकोटमा टिपर आतंक, एकजनाको मृत्यु, आक्रोशित स्थानीयले जलाए टिपर (भिडियोसहित)

२९ चैत, नुवाकोट । नुवाकोटमा टिपर आतंक बढेको छ । बिहीबार माइक्रोबसले मोटरसाइकललाइ ठक्कर दिँदा तनावमय बनेको विदुर आज फेरि तनावमय बनेको छ । बिहानै टिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विदुर नगरपालिका–२ का २२ वर्षीय दिवाकर खनालकाे मृत्यु भएकाे छ भने २४ वर्षीय मुन्ना गुप्ता घाइते रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको  नुवाकोटका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले दैनिकीलाइ जानकारी दिए ।

खनालको मृत्यु हुनेगरी ठक्कर दिने बा ५ ख २८९८ नम्बरका टिपरका चालक प्रहरी नियन्त्रणमा रहेका छन । आक्रोशित स्थानीय आन्दोलित भएका छन । उनीहरूले टिपरमा अागजनी गरेका छन । आक्रोशित भीडले अन्य टिपरमा समेत आगजनी गर्ने भन्दै चेतावनी दिएका छन ।

प्रकाशित मिति : 10:08