१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

राष्ट्रिय अपाङ्ग महासंघकाे अध्यक्षमा मित्रलाल शर्मा

-शर्मिला विश्वकर्मा 

२८ चैत, विराटनगर । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १९ औँ साधारण सभा तथा ८ औँ महाधिवेशन यही चैत २५ र २६ गते प्रदेश नं १ को विराटनगरमा सम्पन्न भएको छ । सो साधारण सभा तथा अधिवेशनको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

यसै क्रममा उहाँले अब बन्ने प्रदेशमा बन्ने ऐन कानूनहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्ने, अपाङ्गता मैत्री संरचना निर्माण गर्ने र सबै निकायहरुले अपाङ्गता भएका व्यक्तिहरुका सवाललाई समावेश गरेर काम गर्ने बताउनु भयो । त्यसै गरी पूर्व शान्ति मन्त्री तथा सभासद सत्या पहाडीले सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्न अपाङ्गता अनुकुलको वातावरण निर्माण गरेर सबैले काम गर्नु पर्ने बताउदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

सो कार्यक्रममा नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय सदस्य तथा सांसद डा.विजय सुब्बाले अपाङ्गता भएका व्यक्तिहरुको सवालको विषयमा राज्य संवेदनशिल हुनु पर्ने बताउदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रदेश नं १ को विराटनगरमा सम्पन्न भएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १९ औ साधारण सभा तथा ८ औ महाधिवेशनमा मित्रलाल शर्माको अध्यक्षतामा आगामी ३ वर्षका लागि ४२ जना नयाँकार्यसमिति निर्वाचित भएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा रमेश लामा, महिला उपाध्यक्षमा रमा ढकाल, महासचिवमा राजु बस्नेत, सचिवमा भावुक जंङ्ग थापा, कोषाध्यक्षमा केदारप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ ।

त्यसै गरी सदस्यहरुमा देवकुमारी पराजुली, चन्द्राकान्त पौडेल, नेहा कुमारी, ऋषि कुमार सिंह, रुपा रानी राई, पूरन तामाङ्ग, रामरतन हरिजन, सुरेन्द्र खत्री, चिन्तामणी पौडेल, सुगम भट्टराई, सिता सुवेदी, रमेश पोखरेल, प्रतिमा लामा, कृष्ण गजुरेल, पिताम्वर लम्साल, मिना भूषाल, रविन कुमार मैनाली, दुर्गा रेग्मी / पराजुली, कृष्ण गौतम, मञ्जु खनाल, अञ्जना के.सी., शिव श्रेष्ठ, सत्यदेवी वाग्ले, कृष्णमाया अधिकारी, सन्तोष पन्त, रामकृष्ण बोगटी, सोनिका ढकाल, निर्मल कुमार श्रेष्ठ, उमा सुनार / वि.क., सञ्जय शर्मा, विष्णु कुमारी पौडेल, केशव देवकोटा निर्वाचित हुनु भएको छ ।

त्यसै गरी अनुसासन समितिको संयोजकमा टेकनाथ न्यौपाने र अनुशासन आयोग सदस्यमा लोचना अधिकारी र कुमार पौडेल निर्वाचित हुनु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १९ औ साधारण सभा तथा ८ औ महाधिवेशन कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदीले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना अगामी दिनमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्यसमितिलाई आफ्नो तर्फबाट आवश्यक सक्दो सहयोग गर्ने प्रतिवधता व्यक्त गर्नु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित अध्यक्ष मित्रलाल शर्माले सधै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार स्थापीत गर्नको लागि सबैको सल्लाह सुझाब अनुसार काम गर्ने प्रतिवधता व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : April 11, 2019 at 10:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/