८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

सञ्चारमन्त्री बास्काेटाले भने, बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेल ठगिए

२८ चैत, काठमाडौँ । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा खरिदमा नेकपाका महासचिव विष्णु पौडेल ठगिएको बताएका छन् । सञ्चारमन्त्रलयमा बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा व्यत्तिको नाममा लगिएको विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कार्वाहि गरिने बताए ।

मन्त्री बास्कोटाले जग्गाको विषयमा कोही दोषी देखिए सरकारले कसैलाई नछाड्ने बताए । उनले भने, ‘सो जग्गा प्रकरणमा नेकपाका महासचिवको समेत नाम जोडिएको उल्लेख गर्दै महासचिव पौडेलले विज्ञप्ति मार्फतनै स्पष्ट पार्नुभएको छ’ उनले भने,‘उहाँ ठगिनुभो, अपराधी हुनुहुन्न् । उहाँले जारी गरेको विज्ञप्तिको आधारमा उहाँ पीडित बन्नुभएको छ । ’

मन्त्री बास्कोटाले बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा गएपछि सरकारले यस अगाडि नै शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिति बनाइएको र अध्ययन भैरहेको बताए । उनले सत्यतथ्य पत्ता लगाएर सार्वजनिक जग्गा व्यक्तिका नाममा भएको पाइएमा सरकारले आफ्नो नाममा ल्याए दाबी गरे ।

प्रकाशित मिति : 15:05