देउवाको कार्यशैलीविरूद्ध नेविसंघले खबरदारीसभा गर्ने
२८ चैत, काठमाडौँ । सरकार र आफ्नै पार्टीको बिरोधमा नेबिसघंले खबरदारी सभा गर्ने भएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको अराजकता र प्रतिपक्षी दल आफ्नै पार्टी नेपाली कांग्रेसको मौनताविरुद्ध खबरदारी गर्न लागेको हो । दुईतिहाइ बहुमतको सरकारले एकपछि अर्को अराजक काम गर्दै गएको आरोप लगाउँदै नेविसंघले त्यस्ता काममा समेत प्रतिपक्षी दल कांग्रसको नेतृत्व शेरबहादुर देउवा लगायतले मौनतासँधेको भन्दै खबरदारीसभा गर्न लागिएको नेबिसघंका निबर्तमान महामन्त्री कुन्दनराज काफ्लेले बताए।

सरकारको गलत काममा समेत कांग्रेसले सहमति जनाएको उनको आरोप छ । प्रतिपक्षीमा भएको पार्टीको यो सन्देह चिन्ताजन रहेको भन्दै नेविसंघले सरकार र देउवाविरूद्ध एकैपटक खबरदारी गर्न लागेको हो । झुट र भ्रमकाे खेतिमा मलजल गर्ने काम पार्टी सभापति देउवाले नै गर्न थालेको नेविसंघका नेता निरन्जन थापाले बताए । उनले त्यसकैविरोधमा नेविसंघले यही चैत २९ गते शुक्रबारका दिन प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ प्रांगणमा बिहान ११ बजेबाट खबरदारी सभा गर्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : 08:08









