१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

बालुवाटारको जग्गा किनेर लिएको हुँ, हिनामिना गरेको छैनः महासचिव पाैडेल

२७ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पाैडेलले बालुवाटारको जग्गासम्बन्धी समाचारमा ध्यानाकर्षण भएको जनाएका छन । नागरिक दैनिक लगायत विभन्न सञ्चारमाध्ममा बालुवाटारको जग्गा हिनामिनामा संलग्नता भएको भन्ने समाचारमा कुनै सत्यता नरहेको र अाफ्नो परिवारको नाममा भएको जग्गा किनरे लिएको स्पष्ट पारेका छन । विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन ।

महासचिव पाैडेलको विज्ञप्तिमा भनिएको छ ‘२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रे्रस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।’

प्रकाशित मिति : April 10, 2019 at 2:54 pm