मन्त्री अर्यालको अनुकरणीय काम, पहिलो पटक नेपालीबाटै सगरमाथाको उचाइ नाप्ने काम हुँदै
२७ चैत, काठमाडौँ । नेपालले पहिलोपटक सगरमाथाको उचाई मापन शुरू गरेको छ । नेपाल सरकारले आफ्नै लगानीमा पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्न लागेको हो । २०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडी बढाएको हो ।

सगरमाथाको उचाई मापन गर्न नापी विभागका तालिम प्राप्त प्राविधिक कर्मचारीहरू बुधवार त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा एक करायक्रमको आयोजना गरि बिदाई गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले माला र टिका लगाएर गाइडसहितको उक्त टोलीलाई विदाई गर्नुभएको हो ।
उचाई मापनका निम्ती आवश्यक पर्ने यन्त्रहरू सहित प्राविधिक टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा कर्मचारीहरूले पर्वतारोहणसम्बन्धी तालिम लिएका थिए । प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाई मापन गर्नेछन । जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्क शुत्रको काम गर्ने र प्रमुख गौतम र कार्की भने सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापन गर्नेछन् । उक्त कार्यका निम्ती पाँच जना गाइडहरू खटाइएको छ । पिक प्रमोशन प्रालीमार्फत छिरिङ जाङ्बु शेर्माको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्या उन मद्दत गर्नेछन् भने आङ्बु शेर्मा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गर्नेछन् ।
यसैबीच त्यस अवसरमा सगरमाथाको उचाई मापनका लागि जान लागेको टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुभकामना दिनुभएको छ । कार्यक्रममा टोलीलाई शुभकामना दिँदै मन्त्री अर्यालले चुनौतीपुर्ण र सरकारले गरेको ऐतिहासिक कार्य भएको हुनाले सावधानीपूर्वक जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो । ‘हामीले आफ्नै तर्फबाट पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्दैछौ’, मन्त्री अर्यालले भन्नुभयो, ‘सरकारले तपाइहरूलाई ठूलो जिम्मेवारी दिएको छ । सावधानीकपूर्वक उक्त जिम्मेवारी पुरा गर्दै सावधानीपूर्वक काम सम्पन्न गर्नुस् शुभकामना ।’ मन्त्री अर्यालले मन्त्रालयको नेतृत्व सम्हालेपछि नेपालको नक्साको विवाद समेत अन्त्य गर्नु भएको थियो । यस निर्णयलाइ भने मन्त्री अर्यालको अनुकरणीय कामको रूपमा हेरिएको छ।

सगरमाथा मापनसम्बन्धी केही तथ्यहरू
• नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोगमा सगरमाथाको उचाई मापन गर्न गइरहेको छ ।
• संसारको सबैभन्दा अग्लो चुचुरोको उचाई करिब १७० वर्षअघि मापन भएको तर यो वर्ष हामी मापन गर्दैछौ।
• सन् २००५ मा चिनले नेशनल ब्युरो अफ सर्भेइङ एण्ड म्यापिङले ८८४४.४३ मिटर उचाई मापन गर्योव ।
• अमेरिकाले सन् २००० मा ८८५० मिटर उचाई रहेको उल्लेख गर्योे ।
• ईटालियनले सन् १९९२ मा ८८४८.६५ मिटर उचाई मापन गर्योन ।
• सन् १९७५ मा चिनले ८८४८.१३ मिटर मापन गर्योा ।
• सन् १९५४ मा सर्भे अफ इण्डियाले ८८४८ मिटरको उचाई मापन गर्यो४ । र हामीले अहिलेसम्म यसैलाई आधिकारिक उचाई पनि मान्दै आएका छौ ।
• सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले ८८४०.५० मिटर उचाई मापन गर्योम । तर त्यतिबेला पुरानो प्रविधिको प्रयोग भएको थियो ।
• नापी विभागले २०७२ सालमा भूकम्प गएपछि नगरकोट, चन्द्रकोट, फुल्चोकी लगायत काठमाडौं वरिपरिका डांडाहरूलाई आधार मानेर सर्भे गर्दा ०.९१ मिटर करिब १.०० मिटर उचाई बढेको पाइयो ।
• वि.सं. २०७२ सालको भुकम्पका बेला सगरमाथा बेश क्याम्पमै १२ जनाको मृत्यु भयो ।
• संसारभर यतिबेला सगरमाथाको उचाईको विषयलाई लिएर विभिन्न प्रश्न उठेका छन् ।
• यसै सन्दर्भमा भारतले यसको पछिल्लो उचाई मापन गर्ने इच्क्षा व्यक्त गर्योप । त्यति नै बेला नेपालले नाकाबन्दीको सास्ती खेप्नुपर्योप ।
• त्यसपछि नेपाल सरकार आफैले सगरमाथाको उचाई मापन गर्ने भनेर घोषणा गर्योल । फलस्वरूप आज हामी आफैले सगरमाथाको उचाई आफैले मापन गर्दैछौ।
• यसै सन्दर्भमा संसरभारका विभिन्न राष्ट्रका नाप नक्सा सम्बन्धी वैज्ञानिकहरूको अन्तराष्ट्रिय कार्यशालको सुझाबअनुसार सगरमाथाको उचाई GNSS प्रविधिलाई नाप्ने निर्णय भयो । (ईटालियन, चाईनिज, ईण्डियन, अमेरिकन, न्यूजिल्याण्ड, जापान सहितका नौ देशहरू)
प्रकाशित मिति : 12:28









