८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

सुदूरपश्चिम प्रदेशका सांसदसँग बजेटको बारेमा छलफल गर्दै प्रधानमन्त्री ओली

२७ चैत, काठमाडाैँ । सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशका नेपाल कम्युनिष्ट पार्टी नेकपा सांसदसँग छलफल गर्दै हुनुहुन्छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो ३ बजे हुने छलफलमा सो प्रदेशबाट नेकपाको प्रतिनिधित्व गर्ने राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई बोलाईएको छ ।

छलफलका क्रममा सांसदहरुको सुझाव पनि संकलन गरिने प्रधानमन्त्रीको निजी सचिवालयये जनाएको छ । प्रधानमन्त्री ओलीले यसअघि पनि विभिन्न प्रदेशका सांसदहरुसँग नीति तथा कार्यक्रममा समावेश गर्ने विषय र बजेटको तयारी सम्बन्धमा छलफल गर्दै आउनुभएको छ ।

यसैबीच, पर्यटन वर्ष २०२० को तयारी सम्बन्धमा प्रधानमन्त्री ओलीले आज सरोकारवालासँग छलफल गर्दै हुनुहुन्छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन गर्न सकिने पहल तथा ब्यवसायीको भूमिकाका विषयमा प्रधानमन्त्री ओलीले सरोकारवाला निकायसँग छलफल गर्न लाग्नु भएको हो ।

सिंहदरबारमा बिहान ११ बजे हुने छलफलमा पर्यटन राज्य मन्त्री, पर्यटन बोर्डका पदाधिकारी र ब्यवसायीहरुलाई बोलाईएको छ । सरकारले गत वर्षको साउन २९ गते सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : 11:12