नेपाली कांग्रेसका पूर्वसभासद तथा उद्योगपति दिवाकर गोल्छाको निधन
२७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभासद तथा उद्योगपति दिवाकर गोल्छाको निधन भएकाे छ । नेपालको प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक गोल्छाको बुधबार राति भारतको चेन्नइमा निधन भएको हो ।

पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद भएका ६७ वर्षीय गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत हुन् । उनकाे दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
उनकाे गोल्छा अर्गनाइजेशनले हुलास जस्तापाता, हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल जस्ता धेरै उद्योग चलाइरहेकाे छ । गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने परिवार स्रोतले जनाएको छ ।
प्रकाशित मिति : 10:38









