१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

नेपाली कांग्रेसका पूर्वसभासद तथा उद्योगपति दिवाकर गोल्छाको निधन

२७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभासद तथा उद्योगपति दिवाकर गोल्छाको निधन भएकाे छ । नेपालको प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक गोल्छाको बुधबार राति भारतको चेन्नइमा निधन भएको हो ।

पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद भएका ६७ वर्षीय गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत हुन् । उनकाे  दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनकाे गोल्छा अर्गनाइजेशनले हुलास जस्तापाता, हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल जस्ता धेरै उद्योग चलाइरहेकाे छ ।  गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने परिवार स्रोतले जनाएको छ ।

प्रकाशित मिति : 10:38