८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

विप्लवका कार्यकर्ता पार्टी प्रवेश गराउँदै प्रचण्डले भने विप्लव पनि नेकपामा आउनुको विकल्प छैन

२६ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपामा आउनुपर्ने बताएका छन् । मंगलवार आफ्नो निवास खुमलटारमा विप्लव निकट युवा संगठनका केही कार्यकर्ताहरूलाई नेकपामा प्रवेश गराउँदै ढिलोचाँडो विप्लव पनि नेकपामा आउनुपर्ने बताएका हुन् ।

‘नयाँ परिस्थितिमा नयाँ ढंगले समाजवादको दिशामा अघि अघि बढ्नुको विकल्प छैन,’ विप्लव निकट युवा संगठनका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तपाईंहरूको अनुभव, तपाईंको क्षमता, सक्रियताका अधारमा पार्टीभित्र जिम्मेवारी दिइनेछ । मलाई लाग्छ, केही समयपछि विप्लव पनि यसरी नै आउनुपर्छ, अर्को कुनै विकल्प बाँकी छैन ।’

प्रकाशित मिति : 19:05