८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

राप्रपाका सांसद लिङ्देनलाई ५० लाख नदिए ज्यान मार्ने धम्की दिने २ जना काठमाडाैँबाट पक्राउ

२६ चैत, काठमाडौँ । राप्रपाका सांसद राजेन्द्र लिङ्देनलाई ५० लाख नदिए ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन् । झापा–३ बाट निर्वाचित कमल थापा नेतृत्वको राप्रपाका एक्ला सांसद राजेन्द्र लिङ्देनलाई केही दिनअघि फोन गरेर एक अपरिचित व्यक्तिले पैसा मागेका थिए । लगत्तै उनलाई म्यासेज आयो, म्यासेजमा लेखिएको थियो, ‘५० लाख नदिए ज्यान जाला !’

सांसद लिङ्देनलाई ५० लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिने झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायालाई काठमाडाैँको नयाँ बसपार्कबाट पक्राउ गरिएकाे प्रहरी जानकारी दिएकाे छ ।

सांसद लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै ट्वीटरमा ‘के कसैले पचास लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ? के मलाई गोली हनाउन पचास लाख खर्च गर्ने कोही होलान् त ? के कसैले गोली ठोक्ला कि भनेर राजेन्द्र लिङ्देन बाटो छोडेर हिँड्छ भनेर कसैले सोचेको होला ? के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसँग होला? ’ भन्दै लेखेका थिए ।

पक्राउ परेका दुवैजनामाथि प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएको छ ।

प्रकाशित मिति : 17:28