हावाहुरीबाट घरको टाली खस्दा रौतहटमा एक महिलाको मृत्यु
-अभिमनु कुमार पटेल
२६ चैत, रौतहट। रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान ९ः३० बजे आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको हो ।

उडाएको घरको टाली खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हावाहुरीसँगै आएको असिना पानीले स्थानीयका घरहरुका छाना उडेका छन् भने रुखहरु ढलेका छन् ।

प्रकाशित मिति : 13:30







