१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

हावाहुरीबाट घरको टाली खस्दा रौतहटमा एक महिलाको मृत्यु

-अभिमनु कुमार पटेल 

२६ चैत, रौतहट। रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान ९ः३० बजे आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको हो ।


उडाएको घरको टाली खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हावाहुरीसँगै आएको असिना पानीले स्थानीयका घरहरुका छाना उडेका छन् भने रुखहरु ढलेका छन् ।

प्रकाशित मिति : April 9, 2019 at 1:30 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/