८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

नेपाली कांग्रेसको भविष्य संकटमाः नेता कोइराला

२६ चैत, उदयपुर । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको भविष्य संकटमा परेको बताएका छन । उनले चरम गुटबन्दीले कांग्रेसको भविष्य संकटमा परेको बताए । उदयपुरको गाईघाटमा गिरिजाप्रसाद कोइराला फाउण्डेशनको कार्यालय स्थापनाको अवसरमा नेता कोइरालाले अहिलेकै अवस्था विद्यमान रहे आगामी दिनमा कांग्रेस र देश दुवैको भविष्य संकटमा पर्ने ठोकुवा गरे ।

नेता कोइरालाले पार्टीको मूल नेतृत्वकर्ता नै गुटउपगुटमा लाग्दा केन्द्रदेखि जिल्लासम्मै पार्टी कमजोर बन्न पुगेको स्पष्ट पारे । ‘कांग्रेस तलदेखि माथिसम्मको गुटबन्दीले शिथिल बनेको छ’, नेता कोइरालाले भने, ‘यही अवस्था विद्यमान रहे कांग्रसको भविष्य संकटमा पर्छ ।’ उनले  पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटो बिर्सनु पार्टी दुर्गतिको जड भएको बताए ।

प्रकाशित मिति : 09:35