८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

उद्योग वाणिज्य संघ नुवाकोटमा कम्युनिष्टहरूलाई पत्तासाफ पारेपछि कांग्रेसको अबिरजात्रा

२६ चैत, नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघको दशौँ अधिवेशनमा प्रगतिशिल व्यवसायिक प्यालन भनिएको नेकपाको प्यानल बढारिएको छ । योसँगै गत निर्वाचनपछि स्तब्ध बनेको नुवाकोट कांग्रेस फेरि एक पटक जुरमुराएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसी र जिल्ला सभापति जगदिश्वरनरसिंह केसी दुबैले निर्वाचन अघिदेखि मतगणना सपन्न हुने समयसम्म संघमा उम्मेदवारी  दिएका व्यवसायीलाइ उत्साहित बनाएर बसेका थिए । अन्तत संघमा लोकतान्त्रिक प्यानल नै विजयी भएपछि कांग्रेस नेताहरूले अबिर जात्रा नै गरेर खुशी मनाएका छन ।

मतगणनास्थलमै उपस्थितएर भएर विजयी उम्मेदवारलाइ विजयी उमेद्वारहरुलाई बधाइ तथा शुभकामना दिँदै नेता अर्जुननरसिंह केसिले बाम गठबन्धनको अधिनायकवाद अब धेरै समय नटिक्ने भन्दै झुट र भ्रमकाे खेति गरेर जनतालाई झुक्याएकाले जनताले अब वामगठबन्धनलाई बिश्वास नगर्ने वताए । साथै नेता केसिले काङ्ग्रेस अाफै एकजुट हुँदा कसैले बिगार्न नसक्ने भन्दै पार्टी भित्र व्यापक सुधारकाे खाचाे रहेकाे बताए।

संघका अाफ्ना उम्मेदवारले जितेर कम्युनिष्टको नामोनिसाना नै मेट्न सफल भएपछि जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले भविष्य फेरि पनि लोकतन्त्रवादीहरूकै छ भन्ने प्रमाणित भएको बताएका छन । पार्टीको तर्फबाट एउटा विज्ञप्ति जारी गर्दै सभापति केसीले भनेका छन ‘ निर्वाचन परिणामले देशलाई कम्युनिस्ट अधिनायकवादतर्फ धकेल्ने कम्युनिस्ट मृगतृष्णाले हावा खाइसकेको र बाहिर सुन्दर र भव्य देखिएको ‘वामदरबार’ को जग मक्किएर जीर्ण र जर्जर भइसकेको तथा जुनसुकै बेला सानो धक्कामै ध्वस्त हुने कुरालाई शिद्ध गरेको छ । भविष्य फेरि पनि लोकतन्त्रवादीहरूकै छ भन्ने प्रमाणित भएको छ । र, हामी लोकतन्त्रवादीहरूको एकताको ऊर्जामा त्यो उपलब्धि सम्भव छ भन्ने कुरा पुष्टि भएको छ । जय नेपाल !

नेबिसघंका नेता निरन्जन थापाले दिएको जानकारी अनुसार सोमबार साँझ सार्वजनिक अन्तिम मत परिणाममा  लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्ष ताराबहादुर कार्कीसहित प्यानलका सबै सदस्य विजयी भएका छन्। कार्कीले प्रगतिशील व्यवसायिकका अध्यक्ष रमेश श्रेष्ठलाई २ सय २३ मत अन्तरले पराजित गरेका  छन । कार्कीले कुल ८ सय १७ मत प्राप्त गरेका छन भने रमेश श्रेष्ठले ५ सय ९४ मत प्राप्त गरेका छन् ।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गीता अमात्य, प्रथम उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सन्तोष उप्रेती, महासचिवमा कृष्णप्रसाद अधिकारी, सचिवमा उपेन्द्र बुढाथोकी, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र प्रवक्तामा सविन राजभण्डारी लगायत दशै जना सदस्य विजयी भएको निर्वाचन समितिले जानकारी दिएकाे छ ।

महिला सदस्यमा लिस्ना प्रधान श्रेष्ठ, अञ्जली राजभण्डारी, ज्ञानुमाया गिरी र सदस्यमा निरोजकुमार खड्गी, मधुसुदन थपलिया, उद्धवराज पन्थ, सुचित जोशी, मेघनाथ घिमिरे, सुमन भण्डारी, गगन लामा, विष्णु प्याकुरेल, सरोज श्रेष्ठ विजयी भए । त्यस्तै, वस्तुगततर्फ लोकतान्त्रिक समुह कार्की प्यानलबाट ध्रुवकुमार रावलले ५ मत र उत्तम ढकालले ५ मत प्राप्त गरी विजयी भएका छन् ।

 

 

 

प्रकाशित मिति : 07:56