१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

भरतपुरकी मेयर दाहालको पहलमा चितवन मेडिकल कलेजमा महिलाहरुलाई निःशुल्क ओपीडी टिकट

२५ चैत, चितवन । भरतपुरकी मेयर रेणु दाहालको पहलमा चितवन मेडिकल कलेजले महिलाहरुलाई निःशुल्क ओपीडी टिकट दिने भएकाे छ । आइतबार अस्पतालमा फर्टि्लिटी सेन्टर (टेस्ट टयूव बेबी सेन्टर) उद्घाटनको क्रममा भरतपुर महानगरपालिका प्रमुख तथा नेकपा केन्द्रीय सदस्य रेनु दाहालले भरतपुर अस्पतालमा उपचारका लागि जाने महिला तथा वृद्धवृद्धालाई महानगरपालिकाको संयोजनमा ओपीडी टिकट निःशुल्क गरिएको भन्दै अन्य निजी अस्पताल तथा मेडीकल कलेजहरुलाई पनि महिलाहरुलाई ओपीडी टिकट निःशुल्क गर्न आग्रह गरेकी थिइन् ।

सो अवसरमा महानगरपालिका प्रमुख दाहालले देशकै मध्यभागमा अवस्थित भरतपुर मेडिकल सिटीको रुपमा विकास हुँदै गइरहेको भन्दै भरतपुरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले सर्वसुलभ, गुणस्तरीय र विशिष्ट प्रकारको सेवा प्रवाहमा विशेष भूमिका खेल्नु पर्ने बताइन् ।

 

प्रकाशित मिति : April 8, 2019 at 11:28 am