सहसचिव र सचिवलाई अवकाश लगत्तै अर्को लाभको पदमा जान रोक
२४ चैत, काठमाडाैँ । उच्च तहका सरकारी कर्मचारीहरु सेवाबाट अवकाश लिनेबित्तिकै एनजिओ, आइएनजिओ तथा कन्सल्टेन्सीमा जागिरी जाने प्रवृत्ति रोक्न सरकारले प्रशासन कानुन बनाएको छ । सरकारले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा हाल दफाबारे छलफलका लागि राज्य व्यवस्था समितिमा गएको छ ।

सो कानुनको मस्यौदामा सहसचिव र सचिवलाई अवकाश लिनेवित्तिकै एनजिओ, आइएनजिओ, कन्सल्टेन्सी, विकासका योजना तथा संवैधानिक अंगलगायतका लाभका पदमा जाने प्रवृत्तिमा रोक लगाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।
प्रकाशित मिति : 08:15









