५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मध्यपूर्व तथा उत्तर अफ्रिकी मुलुकको आर्थिक सम्मेलन जोर्डनमा


२३ चैत, काठमाडाैँ । मध्यपूर्व तथा उत्तर अफ्रिकी मुलुकहरूका करिब ५० मुलुकका एक हजार प्रतिनिधि सहभागी ‘वल्र्ड इकोनोमिक फोरम’ शनिबारदेखि जोर्डनको राजधानी अम्मानमा शुरू भएको छ । उक्त १७ औँ क्षेत्रीय सम्मेलनले मध्यपूर्व तथा उत्तर अफ्रिकी मुलुकहरूमा रहँदै आएका जटिल आर्थिक चुनौतिलाई सम्बोधन गर्ने संयुक्त प्रयास थाल्ने बताइएको छ ।

जोर्डनका राजा अब्दुल्लाह द्वित्तीयले मृतसागर क्षेत्रमा आयोजित सम्मेलनका सहभागीलाई सम्बोधन गर्दै भन्नुभयो, “सम्मेलनले यस क्षेत्रको आर्थिक वृद्धिका लागि बृहद् सहभागिता जुटाउने एउटा मञ्च हुनेछ ।” उहाँले भन्नुभयो, “जोर्डनको शिक्षमा र आविस्कारप्रतिको लक्ष्य आफ्नो मुलुकको उद्यमको अवस्थालाई शुरू गर्ने विशेष सुत्र भएको छ ।” “सवैको सहभागितामूलक सहकार्यबाट समग्र क्षेत्रलाई आधुनिक प्रबिधिसँग परिचित बनाउने मौका मिल्नेछ ।”

उहाँले भन्नुभयो, “हामीले आर्थिक वृद्धिका लागि प्रशस्त र वास्तविक मौका खोजिरहेका समयमा सम्मेलन सहकार्यका लागि एउटा कोशेढुङ्गा हुनेछ । जोर्डनको आर्थिक वृद्धिको अवस्था अहिले आशालाग्दो अवस्थामा रहेको छ ।” जार्गनका राजाले भन्नुभयो, आफ्नो मुलुकले आर्थिक विकासको अवसर वृद्धिका लागि यस क्षेत्रमा सक्रियारूपमा सहयोग गरिरहेको बताउनुभयो ।

सम्मेलनलाई सम्वोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भन्नुभयो, जोर्डनले सामना गरेका दवावलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग रहने उहाँले बताउनुभयो । “सिरियाली सङ्कट र प्यालेष्टिनी–इजरायली द्वन्द्वको प्रभावबीच जोर्डनलाई निजी क्षेत्र र आर्थिक विकासका लागि लगानीको व्यापक मौका रहेको छ ।”

मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्केवावले उक्त क्षेत्रमा विकासका व्यापक सम्भावना रहँदारहँदै पनि द्वन्द्वका कारण निकै पछि परेको बताउनुभयो । स्केवावले भन्नुभयो, “हामीले इराक र सिरियामा जारी द्वन्द्व, इजरायल–प्यालेस्टाइनबीचको सम्बन्धलाई सुधार गर्नका लागि लामो समयदेखि यस क्षेत्रले जनाउँदै आएको प्रतिवद्धताप्रति तयार भएका छौँ । संयुक्त प्रयासले समस्याको समाधानका लागि बाटो निर्माण गर्नेछ ।”

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार ००:०१