साहित्यकार एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितको स्वास्थ्यमा उल्लेख्य सुधार
२३ चैत, काठमाडौँ । वरिष्ठ साहित्यकार एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उहाँको आजै दिउँसो शल्यक्रिया गरिएको थियो । हाल उहाँको उक्त अस्पतालको सिसीयूकक्षमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सक डा रोशना तिमिल्सिनाका अनुसार साहित्यकार प्रश्रितको स्वास्थ्यमा निकै सुधार आएको छ । उहाँ खतरामुक्त हुनुहुन्छ । काठमाडाँैबाट–बुटवलको यात्रमा रहनुभएका ७८ वर्षीय साहित्यकार प्रश्रितलाई हृदयघात भएपछि तत्कालै उपचारका लागि उक्त अस्पताल ल्याइएको हो । उहाँको उपचारमा डा रञ्जितकुमार शर्मासहितको टोली संलग्न रहेको छ ।
प्रकाशित मिति : 21:59









