११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

ऐनअनुसार ज्याला उपलब्ध गराउन माग

२३ चैत, इलाम ।  चिया श्रमिकले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्बाङलाई भेटी श्रम ऐनअनुसारको ज्याला उपलब्ध गराउन माग गरेका छन् । श्रमिकले आफूहरूलाई सरकारले तोकेबमोजिमको ज्याला दिलाइदिन माग गर्दै पूर्व सभामुख नेम्बाङलाई आज ज्ञापन पत्र बुझाएका छन् । नेता नेम्बाङले श्रम ऐनअनुसार सेवा उपलब्ध गराउन पहल गर्ने विश्वास दिलाउनुभएको श्रमिकले जनाएका छन् ।

चिया मजदुर सङ्घ एकाइ कमिटी इलामका अध्यक्ष सरस्वती चौलगार्इंका अनुसार नेता नेम्बाङले अन्य क्षेत्रमा कार्यरत मजदुरको भन्दा चिया श्रमिकको पारिश्रमिक कम तोकको तर त्यो पारिश्रमिकले दिन नसक्नु ‘लज्जास्पद’ भएको बताउनुभएको थियो ।

उनीहरू ठूला चिया कारखानाले चियाको तोकिएको जति पारिश्रमिक नदिएको भन्दै आन्दोलनमा निस्किएका छन् । चिया श्रमिकसँग वार्ताका लागि विभिन्न तहबाट पहल भइरहे पनि समस्याको समाधान हुन सकेको छैन । सरकारले रु ३८५ चिया मजदुरको ज्याला तोकेको छ । तर, इलामको चिया बगानमा कार्यरत मजदूरले भने रु २६५ मात्रै पाउने गरेको चिया मजदुर सरस्वती चौलगार्इंले जानकारी दिनुभयो ।रासस

प्रकाशित मिति : April 6, 2019 at 9:55 pm