८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

आईक्यापको सम्मेलनमा सहभागी हुन पूर्व प्रधानमन्त्री खनाल कोलम्बोमा

२३ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल आईक्यापको सम्मेलनमा सहभागी हुन श्रीलंकाको राजधानी कोलम्बो पुगेका छन । दक्षिण भारतको राजनीतिक भेटघाट सकेर हिजोमात्रै पूर्व प्रधानमन्त्री खनाल कोलम्बो पुगेका हुन । पूर्वप्रधानमन्त्री खनाल कोलम्बोमा रहँदा आईक्यापको स्थायी कमिटीको ३२ अौँ वैठक र एसिया युरोप पोलिटिकल फोरमको तेस्रो बैठकमा सहभागी हुनेछन ।

पूर्व प्रधानमन्त्री खनालसहितको टोली हिजो मात्रै  श्रीलंका संसदको सभामुख कारु जयासुर्याले आयोजना गरेको रात्रिभोजमा सहभागी भएको थियो । नेपालको तर्फबाट उक्त रात्रीभोजमा सुजाता कोइराला र श्रीलंकाका लागि नेपाली राजदुत प्राध्यपक डा। विश्वमभर व्याकुरेल लगायत पनि सहभागी भएका थिए । रात्रीभोजमा पुर्ब प्रधानमन्त्री खनालले श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षे लगायतका अन्य श्रीलंकाली नेता तथा अन्य देशका नेताहरूसँग पनि भेटवार्ता गरेको स्वकीय सचिव कृष्ण भट्टराईले दैनिकीलाई जानकारी दिए ।

प्रकाशित मिति : 21:27