पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात
२३ चैत, काठमाडाैँ । पूर्वमन्त्री समेत रहेका वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ । काठमाडौँबाट वुटवल जार्दै गर्दा धादिङको गल्छी पुग्दा हृदयघात भएको उनको छोरा समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा विजय पाैडेलले जानकारी दिए । प्रश्रित शनिबार बिहान वुटवल जाने हिडेँका थिए ।

प्रश्रितलाई हृदयघात भएपछि गल्छीबाट तत्कालै ललितपुरस्थित नेपाल मेडिसिटि अस्पताल भर्ना गरिएको छ । मुटुमा जमेको रगत हटाएपछि अहिले उनको सिसियुमा राखेर उपचार भइरहेको छ । प्रश्रितको अवस्था खतरामुत्त रहेको छ ।
प्रकाशित मिति : 18:39









