कांग्रेस महामन्त्री डा. सशांकलाई कमल थापाको उत्तराधिकारी नवन्न वरिष्ठ उपाध्यक्ष बस्नेतको आग्रह
२३ चैत्र, काठमाडौं । हिन्दुराज्यको वकालत गर्दै आएका काङ्ग्रेस महामन्त्री संशाक कोइरालालाई नेकपाका युवा नेता सुरेन्द्र बस्नेतले कमल थापाको भारी नबोक्न अपिल गरेका छन् । नेकपा निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी ) का वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा नेता बस्नेतले आज आफ्नो फेसवुक वालमा लेखेका छन् -‘ विपिको उत्तराधिकारी वन्न छाडेर कमल थापाको भारी वोक्न आजकाल यिनलाई कसले उक्साइरहेको होला ? जनता जान्न चाहन्छन् ।’

बस्नेतले नेता कोइरालालाई ब्यङ्ग्य गर्दै भनेका छन् -” आँखा जांच्दा जांच्दै एक्कासी राजनीतिक मैदानमा आएका विपि पुत्र संशाक हुनत : प्रकाश कोइरालाका भाइ पनि हुन् । ‘ विपि पुत्र प्रकाश कोइराला ज्ञानेन्द्रकालिन शाही सरकारका मन्त्री थिए । विपि पुत्र समेत रहेका काङ्ग्रेस महामन्त्री कोइराला हिन्दुराज्य र संघीयता विरोधी अभिब्यक्ति दिंदै आएका छन् ।

प्रकाशित मिति : 12:18









