८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

कांग्रेस बैठक आज, कार्यसम्पादन समितिमा देउवा र पौडेलबीच भागवण्डा मिल्यो

२३ चैत, काठमाडाैँ । नेपाली कांग्रेसको बैठक अाज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने सम्भावना रहेको छ । यसअघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भागवण्डा मिलेको छ । कांग्रेस कार्यसम्पादन समिति पदाधिकारीसहित २९ सदस्यीय बन्नेछ ।

सभापतिसहित ७ जना पदाधिकारी छन् भने एकता प्रक्रियाबाट आएका विजयकुमार गच्छदार स्वत पर्ने भएका छन । बाँकी २१ जनामा ६०/४० को अनुपातमा भागवण्डा गरिएको छ । पार्टी सभापति देउवाले ६०/४० को भागवण्डाकै आधारमा वरिष्ठ नेता पौडेल समूहबाट ८ जनाको नाम मागेका छन् ।

त्यस्तै पार्टी सभापतिमा उठेर पराजित भएका कृष्ण सिटाैला देउवा गुटको कोटामा कार्यसम्पादनमा पर्ने सहमति समेत जुटेको छ । यसअघि पनि कार्यसम्पादन समिति बनेको थियो तर विधान विपरीत धेरै संख्या राखेको भन्दै केन्द्रीय कार्यसमितिमा चर्को आलोचना भएपछि विघटन गरिएको थियो ।

प्रकाशित मिति : 10:34