स्यावास ओली सरकार, आँधी पीडितको घर असारभित्रै निर्माण गर्नेगरी सेनालाई जिम्मेवारी प्रदान
२१ चैत, काठमाडौँ । प्रदेश नम्बर दुईमा हालैको आँधीहुरीबाट घरबास गुमाएकावारा र पर्सा जिल्लाका परिवारहरूकालागि नेपाल सरकारले आवास बनाइदिने भएको छ । जनताआवास कार्यक्रमको ढाँचामा निर्माण गरिने यी घरहरू वर्षात् शुरु हुनुअघि नै आँधीप्रभावित घरवारविहीन परिवारहरूलाई हस्तान्तरण गरिने छ । सन्चार तथा सूचनाप्रविधिमन्त्रीगोकुलप्रसादबाँस्कोटाले राष्ट्रिय समाचार समितिसंग आँधीपीडितहरुका लागि सरकारको ताजा योजनाबारे आज साँझकुरा गर्दै सरकारको पछिल्लो निर्णयबारे जानकारी दिनुभएको हो ।
मन्त्रीबाँस्कोटा नेपाल सरकारकाप्रवक्ता हुनुहुन्छ । संघीय सरकारले यस्ता आवासहरूको निर्माणकार्यको समन्वय र सहजीकरणका लागिप्रदेश नम्बर दुईकामुख्य सचिवलाई संयोजनको जिम्मेवारी दिएको छ । यस समितिमाशहरी विकास मन्त्रालयकाप्रतिनिधि, दुई जिल्लाकाप्रमुखजिल्लाअधिकारी र रक्षामन्त्रालयकातर्फबाट नेपाली सेनाकाप्रतिनिधि रहने व्यवस्थामिलाइएको छ ।
हालै हावाहुरीबाट बारा र पर्सा जिल्लामा घरवार क्षति भई पिडित हुनुभएका पिडित जनताहरुको घर नेपाल सरकारले बर्षायाम अगाडि नै जनता आवासको मोडलमा बनाई हस्तान्तरण गर्नको लागि नेपाली सेनालाइ जिम्मेवारी दिइएको सबिनय सबैमा जानकारी गराउदछु।
— Gokul Prasad Baskota (@GokulPBaskota) April 4, 2019
यीआवासहरूको निर्माण गर्ने जिम्मा नेपालका कठिन भौगोलिक क्षेत्रमा समेत सडक पु¥याएर प्रशंसा आर्जन गरिरहेको नेपाली सेनाले पाएको छ । सरकारको पछिल्लो निर्णयबाट वर्षात्को बेलाआँधीह्री प्रभावितजनताहरू कहाँ सुरक्षितओत लाग्ने भन्ने चिन्तागरिरहनु नपर्ने र पहिलेको तुलनामा बढी सुरक्षितजीवनयापनगर्न सहजहुने देखिएको छ ।
घर निर्माण कार्यको सहजीकरण गर्नको लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी , रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाको प्रतिनिधि र शहरी विकासको प्रतिनिधि रहेको ५ सदस्यीय समिती गठन गरिएको जानकारी गराउदछु ।
— Gokul Prasad Baskota (@GokulPBaskota) April 4, 2019

बारा पर्साका आँधी बेहरी पीडितको घर निर्माण पनि ०७२ सालको भूकम्प पछिको पुननिर्माण जस्तै अलपत्र हुने आशंका गरिएको थियो । तर, सरकारले यो आशंकाको अग्रिम समाधान गर्दै प्रशंसनीय निर्णय गरेको छ ।
प्रकाशित मिति : 22:27









