नेपाल बार एशोसिएशनमा वामपन्थीको वर्चश्व, अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी
२१ चैत, काठमाडौँ । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा चण्डेश्वर श्रेष्ठले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पराजित गरे । मतगणना सकिए पनि निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन ।

अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । तर महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । प्रगतिशिलका सुरेन्द्र थापा पराजित भए ।
प्रकाशित मिति : 17:40







