१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

अब अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

२१ चैत, काठमाडौँ । गत चैत १४ गतेको मन्त्रिपरिषद बैठकले अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्यास, अस्पताल एम्बुलेन्स, औषधि उत्पादन फोहोर मैला व्यवस्थापन विद्युत, दैनिक खाद्य बस्तु लगायतका क्षेत्रमा अवदेखि हड्ताल गर्न नपाइने गरी निर्णय गरेको भन्दै यसबारे छिट्टै राजपत्रमा सूचना प्रकाशित गरिने बताए ।

बैठकले युनाइटेड सिमेन्टको नौविसेस्थित सिमेन्ट कारखानासम्म जानको लागि बाटाे बनाउन धादिङकाे धुनेबेसीमा रहेकाे ० दशमलब १७ हेक्टर बन फडानी गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, बैठकले सवारी साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपयुक्त बमोजिमको सडक उपभोग दस्तुरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : April 4, 2019 at 5:18 pm