राजनारायण पाठकलाई घुस खुवाउने कांग्रेस नेता लम्बाेदर न्याैपानेलाई ८ वर्ष कैद माग
१३ चैत, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाउने नेपाली कांग्रेसका नेता लम्बोदर न्यौपानेलाई ८ वर्ष कैद सजाय माग गरिएकाे छ । आयाेगले मंगलबार विशेष अदालतमा न्याैपानेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्दै ८ वर्ष कैद सजाए र जरिवाना माग गरेकाे छ ।
न्यौपानेले घुस दिएको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय र जरिवाना माग गरेर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । भक्तपुर चाँगुनारायणको नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समेत रहेेका न्यौपानेले दिएको ७८ लाख घुस पाठकलेे बुुुझेकाेे पुुुष्टि भएकाे आयााेगले जनाएकाे छ ।

न्यौपाने र पाठकबीच एक करोड ६५ लाखमा मुद्दा मिलाउने सहमति भए पनि ७८ लाख मात्रै लेनदेन भएको देखिएको आयोगले जानकारी दिएको छ ।
प्रकाशित मिति : 14:10







