सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष खनालद्धारा बाराका आँधी पीडितलाई राहत हस्तान्तरण
२० चैत, काठमाडौँ । बारा जिल्लाको आँधि पीडितलाई सशस्त्र प्रहरी परिवार महिला संघले पनि राहत उपलब्ध गराएको छ । बुधबार बाराको फेटा गाउँपालिका वडा नम्बर ६ को पुरनियामै पुगेर सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सरिता कँडेल खनालले पीडितलाई राहत हस्तान्तरण गरिन । सशस्त्र प्रहरी परिवार महिला संघको तर्फबाट पीडितहरूका लागि तीन सय थान ब्लाङ्केट, तीन सय थान झुल र तीन सय कार्टुन चाउचाउ बितरण गरिएको छ ।

विपदमा परेका नेपालीको सहयोगमा जहिल्यै अगाडि देखिने सशस्त्र प्रहरी परिवार महिला संघले यस पटक बाराका आँधि पीडितका लागि राहात प्रदान गरेको छ । राहत प्रादन गर्दै अध्यक्ष खनालले पीडितका लागि यतिखेर सबैले मानवीय सहयोग गर्नुपर्ने बताइन । उनले पीडितहरूलाइ नआत्तिन समेत आग्रह गरिन । संघले राहात वितरण गरेको पुरनिया अाँधिबाट सबैभन्दा बढी पीडित भएको गाउँ हो ।


प्रकाशित मिति : 19:10









