३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

राज्यका विभिन्न अंगलाई विवादमा ल्याउने प्रयास भइरहेको भन्दै राष्ट्रपतिले जनाइन् असन्तुष्टि

२० चैत, काठमाडौं । न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्टपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अंगलाई विवादमा ल्याउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएकी छन् ।  राष्ट्रपति भण्डारीले राज्यका विभिन्न निकायप्रति जनतामा दीग्भ्रमित बनाउने प्रयास भइरहेको बताएकी हुन् ।

कुनै व्यक्तिको आचरण र व्यवहारलाई जोडेर समग्र संस्थाको विश्वसनियता र मानमर्यादामा ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै पहिचान गरी निरुत्साहित गर्न जरुरी रहेको राष्टपति भण्डारीले बताइन् ।

प्रकाशित मिति : 16:41